काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर ललितपुरको टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए । त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।
टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारको योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरको संलग्नतामा पेट्रोल छर्केर उनीहरुले त्यो टिपरमा आगो लगाएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरु त्यसको भोलिपल्ट दिउँसो टिपरमा आगोलगाउनेलाई खोजी गरी कारबाहीको माग गर्दै उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुगेका थिए । उनीहरुले बीमा दाबी प्रयोजनाका लागि समेत आवश्यक सिफारिस प्रहरीसँग मागेका थिए । त्यसपछि शंका लागेर छानबिन गर्दा टिपरमा उनीहरुले नै आगे लगाएको पाइएकाले अपराधिक उपद्रव कसूरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend