Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • गुल्मीमा अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु


    मंगलबार, साउन ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गुल्मी। अरिङ्गालको टोकाइबाट १ जना युवाको ज्यान गएको छ। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

    सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए।

    घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार