Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोनाल्डोको टिम अल नासर नयाँ सिजनको पहिलो खेलमै पराजित


    मंगलबार, साउन ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पोचुर्गिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदीले प्रो लिग २०२३–२४ को पहिलो खेलमै हार व्यहोर्नु परेको छ ।

    अल नासर सोमबार राति भएको खेलमा साविक विजेता समेत रहेको अल–इत्तिहादसँग २–१ ले पराजित भएको हो । घरेलु मैदान प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा इत्तिहादले पहुना टिमले बनाएको १–० को अग्रता उल्ट्याउँदै जित निकालेको हो ।

    इत्तिहादको जितमा रोबिन क्वेसन र मोउसा डेम्बेलेले गोल गरे । अल–नासरका लागि साडियो मानेले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मानेको गोलबाट नासरले अग्रता बनाएको थियो । यही गोलमा नासरले पहिलो हाफसम्म साविक विजेताविरुद्ध १–० को अग्रता बनाएको थियो ।

    तर, ४७औँ मिनेटमा क्वेसनले गोल गर्दै इत्तिहादलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि नै डेम्बेलेले गोल गर्दै इत्तिहादलाई २–१ को अग्रतामा राखे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा इत्तिहादले नयाँ सिजनको सुखद सुरुआत गर्‍यो ।

    यसैगरी जितसँगै पहिलो खेलबाट तीन अंक जोडेको इत्तिहाद तालिकको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोेरेको रोनाल्डोको टिम १२औँ स्थानमा छ । इ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार