Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले थालेको सुशासनको अभियानबाट विश्राम लिँदैन: गृहमन्त्री श्रेष्ठ


    सोमबार, साउन २९ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हामीले सुशासनलाई प्राथमिता दिएका छौं । त्यही अनुसारको काम अगाडि बढाएका छौं । हामीले ती अभियालाई विश्राम नलिइ आगाडि बढाउँछौं । अपराधी, तस्कर र अनियमिता गर्नेहरुलाई सरकारले छुट दिँदैन ।’

    उनले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराध विरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताए । गृहमन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व सर्तको रूपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराध विरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार