काठमाडांै । अमनलाल मोदीलाई नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट फिर्ता बोलाउने निर्णयपछि उनले आइतबार राति पचासौं कर्मचारीको मनपरी सरुवा गरेका छन् । मन्त्री मोदी, उनको सचिवालयका निजी सचिव ज्ञाननाथ ढकाल, स्वकीय सचिवहरु बसेर आइतबार रातभरी सरुवा गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णले मन्त्रीबाट फिर्ता हुन लागेपछि मोदीले गरेका सरुवा रोक्न कुनै तदारुकता नदेखाएको आरोप छ । स्रोतका अनुसार शाखा अधिकृत, उपसचिव र अन्य धेरै कर्मचारीको सरुवा गरिएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार गाउँपालिका, नगरपालिकाका प्रमुखहरुको आर्थिक चलखेलका आधारमा मनपरी सरुवा गरिएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गएका उनले ‘मन्त्रीबाट मात्र होइन, पार्टी सदस्यताबाटै हटाउनू’ भन्दै आक्रोशित भएर फर्किएका मोदीले कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङ, कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राई र कमानसिंह थापामगरलाई राखेर मनपरी सरुवा गरेको मन्त्रालयका अधिकारीले बताए । क्यारियर भएका र सचिव हुने सहसचिव तामाङले पनि मन्त्री मोदीले गरेका आर्थिक चलखेलका सरुवालाई रातभर बसी सदर गरेको आरोप छ ।
त्यसैगरी, मन्त्री मोदीको कार्यकालमा सामान्य प्रशासन मन्त्रालयमा सरुवामा आर्थिक चलखेलमा मुछिएका कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरले आइतबार राति नै गृहमन्त्रालयमा सरुवा गराएका छन् । मन्त्रीबाट फिर्ता भइसकेपछि आइतबार रातिको सरुवामा साथ दिएबापत राई र मगरले आफ्नो सरुवा पनि गृहमा मिलाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्र्रसाद भट्टराईले आफूलाई आइतबार राति कर्मचारी सरुवा भएको बिषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ देशमा भ्रष्टाचार निर्मूल गर्ने भाषण गरिरहेका छन् । तर सामान्यका सरुवामा अनियमिततामा मुछिएका राई र मगर जस्ता विवादित उपसचिवहरु लगेर उनले कस्तो सुशासन कायम गर्ने हुन् भन्ने प्रश्न सामान्यमै उठेको छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend