काठमाडांै । अमनलाल मोदीलाई नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट फिर्ता बोलाउने निर्णयपछि उनले आइतबार राति पचासौं कर्मचारीको मनपरी सरुवा गरेका छन् । मन्त्री मोदी, उनको सचिवालयका निजी सचिव ज्ञाननाथ ढकाल, स्वकीय सचिवहरु बसेर आइतबार रातभरी सरुवा गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णले मन्त्रीबाट फिर्ता हुन लागेपछि मोदीले गरेका सरुवा रोक्न कुनै तदारुकता नदेखाएको आरोप छ । स्रोतका अनुसार शाखा अधिकृत, उपसचिव र अन्य धेरै कर्मचारीको सरुवा गरिएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार गाउँपालिका, नगरपालिकाका प्रमुखहरुको आर्थिक चलखेलका आधारमा मनपरी सरुवा गरिएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गएका उनले ‘मन्त्रीबाट मात्र होइन, पार्टी सदस्यताबाटै हटाउनू’ भन्दै आक्रोशित भएर फर्किएका मोदीले कर्मचारी प्रशासन महाशाखाका प्रमुख हेमराज तामाङ, कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राई र कमानसिंह थापामगरलाई राखेर मनपरी सरुवा गरेको मन्त्रालयका अधिकारीले बताए । क्यारियर भएका र सचिव हुने सहसचिव तामाङले पनि मन्त्री मोदीले गरेका आर्थिक चलखेलका सरुवालाई रातभर बसी सदर गरेको आरोप छ ।
त्यसैगरी, मन्त्री मोदीको कार्यकालमा सामान्य प्रशासन मन्त्रालयमा सरुवामा आर्थिक चलखेलमा मुछिएका कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरले आइतबार राति नै गृहमन्त्रालयमा सरुवा गराएका छन् । मन्त्रीबाट फिर्ता भइसकेपछि आइतबार रातिको सरुवामा साथ दिएबापत राई र मगरले आफ्नो सरुवा पनि गृहमा मिलाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्र्रसाद भट्टराईले आफूलाई आइतबार राति कर्मचारी सरुवा भएको बिषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ देशमा भ्रष्टाचार निर्मूल गर्ने भाषण गरिरहेका छन् । तर सामान्यका सरुवामा अनियमिततामा मुछिएका राई र मगर जस्ता विवादित उपसचिवहरु लगेर उनले कस्तो सुशासन कायम गर्ने हुन् भन्ने प्रश्न सामान्यमै उठेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend