काठमाडौं। करिब १ सय किलो सुन तस्करी प्रकरणमा हालसम्म १७ जना प्रहरीको फन्दामा परेका छन्।
उक्त सुन प्रकरणको सुरूमा अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले केही समयको अध्ययनपछि सो फाइल केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को जिम्मा लगाएको थियो।
सो प्रकरणमा हालसम्म पटकपटक गरी जम्मा १७ जना सिआइबीको हिरासतमा रहेका छन् भने सिआइबीले पनि अन्य व्यक्तिहरूमाथि अनुसन्धान र खोजि कार्य गरिरहेको छ।
सो पक्ररणमा पक्राउ परेकि भन्सार एजेन्ट रूक्मिना सुब्बा अस्वस्थ्य हुँदा हाजिरी जमानीमा रिहा भएकी थिइन् भने भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई राजस्व अनुसन्धान विभागले नै पक्राउ गरेको थियो। उनीहरूलाई भन्सार विभागले निलम्बनसमेत गरिसकेको छ।
यस्तै, भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादवशंकर पराजुली, राजेन्द्र राई, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, सवारी चालक अशोक लामा, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई र सुरेन्द्र तामाङ अहिले सिआइबीको हिरासतमा रहेका छन्।
त्यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पनि हिरासतमै रहेका छन्।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend