Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसद् अवरूद्ध हुँदाको सेवा-सुविधा नलिने रास्वपाको निर्णय


    शुक्रबार, साउन २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने निर्णय गरेको छ। आज शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलान गर्न पनि भनेका हुन्।

    गत साउन १० गतेदेखि संसद लगातार अवरूद्ध हुँदै आएको छ।

    ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ।

    संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि उसले पत्रमार्फत् बताएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार