एजेन्सी। इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको हत्या भएको छ। उनको गोली हानी हत्या गरिएको हो ।
देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी सहर क्विटोमा एक चुनावी कार्यक्रमबाट निस्किएर आफ्नो कारमा बसिरहेका थिए ।
उनी कारमा बसे लगत्तै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी समूहसँग जोडिएका एक सदस्यले स्थानीय मिडियासँगको कुराकानीमा विलाविसेन्सिया कारमा बसेका बेला एक व्यक्ति अगाडि आएर उनको टाउकोमा गोली हानेको जानकारी दिए ।
राष्ट्रपति गुलेरमो लासोले अपराधीलाई कुनै पनि हालतमा नछोडिने कसम खाए ।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षका विलापिसेन्शियोलाई तीन पटक गोली हानियो । इक्वाडोरको अटोर्नी जनरलले सोसल मिडियामा सुरक्षाकर्मीको तर्फबाट चलेको जवाफी हमलामा संदिग्धलाई गोली लागेको र पछि उनको मृत्यु भएको जानकारी दिए ।
देशका राष्ट्रपति चुनावको पहिलो चरण २० अगस्टबाट सुरु हुनेछ । राष्ट्रपति लासोले आफू यस घटनाले स्तब्ध भएको बताए । उनले देशमा सङ्गठित अपराध अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीमाथि नै पर्ने बताए ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend