Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन


    मंगलबार, साउन २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    सोमबार अपरान्नदेखि परेको अविरल बर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्याएको छ । मन्त्री ज्वालाले मकवानपुरको वागमती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङ्तानको निधन भएकोमा दुख ब्यक्त गरेका छन् भने सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन् ।

    अविरल बर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका छन् ।

    निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूलगेटनजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अबरुद्ध बनेको छ । अबरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार