Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालकसहित तीनजना घाइते


    सोमबार, साउन २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको रामापिथेकस पार्क ड्याम साइट नाग मन्दिर नजिकै गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालकसहित तीनजना घाइते भएका छन् ।

    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको आज सोमबार बिहान करिब साढे ६ बजेतिर जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका हुन ।

    घाइते हुनेहरूमा पूर्वी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका -७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका -१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीका प्रहरी जवान सुसान्त सुनारले बताए ।

    घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरू तानसेन अर्गलीका न्यौपानेले बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर अर्गलीतर्फ जाँदै थिए ।

    ढुंगा लागेर जीप कच्याककुचुक भएको छ । जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । सडकमा खसेको ढुंगा पन्छाएर सडक यातायात सुचारु गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार