काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २ बर्ष अवधि भन्दा बढी समय कार्यरत कर्मचारीको सरुवा गरेको प्रचारबाजी गर्न तल्लीन छन् । तर उनकै मन्त्रालयमा १३ बर्षदेखि कार्यरत उपसचिवलाई भने उनले चलाउन सकेका छैनन् । २०७२ को संविधान जारी हुनुअघि संघीय मामिला मन्त्रालयको नाम स्थानीय विकास मन्त्रालय थियो । स्थानीय विकास मन्त्राललय हुँदादेखिकै शाखा अधिकृत र उपसचिव पनि सामान्य प्रशासनमा कार्यरत छन् ।
मन्त्री मोदीले अरु मन्त्रालय अन्तर्गतका पहुँचबिहीन र अकूत कमाउन नसक्ने शाखा अधिकृत र उपसचिवलाई सरुवा गरेको भन्दै स्टन्टबाजी गरे पनि आफ्नै मन्त्रालयकालाई छुन सकेका छैनन् । निजामती सेवा नियमावली सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत र उपसचिवलाई भने लागू नहुने हो ? यो प्र्रश्नको जवाफ मन्त्री मोदीले दिन सक्नुपर्ने मन्त्रालयका अधिकारी बताउँछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिवहरुमा कमानसिंह थापा मगर बाहेक अरु सबै ३ बर्षभन्दा बढी समयदेखि कार्यरत छन् । तर मन्त्री मोदीले उनीहरुलाई सरुवा गर्न सकेका छैनन् । कतिपय उपसचिव त १३ बर्षदेखि सामान्य प्रशासन मन्त्रालयमै कार्यरत छन् । अरु निकायका सरुवामा पारदर्शीता अपनाएको दाबी गर्ने मोदीले आफ्नै मन्त्रालयभित्रको अपारदर्शीता हटाउन नसकेको आरोप छ । मन्त्री मोदीले २ बर्ष अवधि पुथेका ३४ जना, १४, २७ जना उपसचिव र शाखा अधिकृतहरुको सरुवा गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिमा गरेको समाचार मिडियामा प्रचार गराउने गरेका छन् ।
मन्त्री मोदीले मिडियामा पारदर्शी सरुवा गरेको भ्रम छरेका छन् । तर सामान्य प्रशासन मन्त्रालयाट भित्रभित्रै आर्थिक चलखेलका आधारमा सयौं कर्मचारीको सरुवा गरिएको स्रोत बताउँछ । आर्थिक चलखेलका आधारमा गरिएको सरुवाको सूची नै सार्वजनिक गर्ने हिम्मत मन्त्री मोदीले गर्न सकेका छैनन् । त्यो सूची गोप्य राखिएको छ । उक्त सरुवा सूची सार्वजनिक गर्दा सरुवामा रकम असुली गरेको पर्दाफास हुने भएपछि गोप्य राखिको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् ।
मन्त्री मोदीको सचिवालयका निजी सचिवदेखि स्वकीय सचिव र बिचौलियाले दररेट असुलेर सरुवा गरेकाले पोल खुल्ने भएपछि सरुवा सूची गोप्य राखिएको स्रोत बताउँछ । सामान्य प्रशासन मन्त्रालयले कतिपय आकर्षक कार्यालयका कर्मचारीको सरुवा गर्ने, मन्त्रीका सहयोगीसँग सेटिङ मिलेपछि भोलिपल्टै रद्द गर्ने पनि गरेको स्रोत बताउँछ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend