Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय


    शनिबार, साउन २० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इस्लामावाद। इस्लामबाद हाईकोर्टले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।

    पाकिस्तानको राजधानी इस्लामावादमा रहेको उक्त ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ ।

    अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । उनी पाकिस्तानको लाहोर सहरमा रहेको जमान पार्कबाट पक्राउ परेका हुन् ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार