Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने


    सोमबार, साउन १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने भएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको बताइएको छ ।

    सम्भवतः मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्ने छ । त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार