Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य यो सातामा प्रतितोला २०० रुपैयाँले घट्यो


    शनिबार, साउन १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा यो साता सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको छ।

    गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।

    यो साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यसबाहेक, हिजो शुक्रबार ९०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

    यस्तै, यो साता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार