काठमाडौँ। नेपाली बजारमा यो साता सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको छ।
गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।
यो साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यसबाहेक, हिजो शुक्रबार ९०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend