Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने- हामी कांग्रेसकै हालतमा पुग्छौं


    शनिबार, साउन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले भ्रष्टाचारको विरुद्धमा बोल्नै नसकेको टिप्पणी गरेका छन् । साथै उनले कांग्रेसले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा बोकेर हिँडिरहेको टिप्पणी गरे ।

    आज (शुक्रबार) काठमाडौंमा आयोजित जनवर्गीय संगठनको कार्यक्रमलाई सम्वोधन गर्दै उनले अहिले कांग्रेस दुर्गतिको बाटोतर्फ अघि बढेको आरोप लगाए ।

    ओलीले भने,‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं । अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति। माओवादीको ढाकर बोक्या हेर त ! कांग्रेसको दुईपट्टि प्रचण्ड टिलिक्क परेका जुत्ता लगाएका खुट्टा झारेर कांग्रेसको कानमा समातेर हट हट गर्दै कसरी हिड्या छन् ? कांग्रेस लुरुलुरु ! कांग्रेसको थियो अलिकति । तर, अब कठैबरा मात्र भन्न सकिन्छ । अरु के गर्नु ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार