Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै संसदमा रास्वपाको संकल्प प्रस्ताव


    बुधबार, साउन १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट अवैध सय किलो सुन भित्रिएको घटनाको निश्पक्ष छानविनको माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेको छ ।

    रास्वपा सांसद मनिष झा भन्छन्, ‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निश्पक्ष छानबिन हुन पर्‍यो भनेर संकल्प प्रस्ताव सभामुखलाई बुझाएका छौं ।’

    गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि संकल्प प्रस्ताव लगेको उनले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार