काठमाडौं पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन यदि छैन भने कसको हो जवाफ चाहियो भन्दै प्रश्न खडा गरेका छन्।
सोमबार राति कम्बोडियाबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सानोतिनो संलग्नताले सुन बाहिरिन नसक्ने दाबी गर्दै गृहमन्त्रीले यसको जवाफ दिनुपर्ने बताएका हुन्।
‘उहाँको संलग्नता छ कि छैन। छैन भने कसको संलग्नता छ। त्यतिकै अर्काको गालामा बियाँ टास्ने होइन। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो।’ उनले भने,‘सुनको मालिक को हो ? कसले बोकायो भरियालाई ? यसको जवाफ गृहमन्त्रीले दिनुपर्दैन।’
विमानस्थलबाट सुन बाहिरिनु भनेको गृहमन्त्रीको गैह्र जिम्मेवारीपन भएको उनले टिप्पणी गरे। ओलीले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ,जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?’
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो भन्दा परिमाणको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend