काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९ अर्ब तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
बर्सेनि इन्धनको आयात बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने गरेको छ । निगमले पेट्रोलियम पदार्थ आयात गरेर बिक्री गर्दा भन्सार, सडक मर्मत शुल्क, वातावरण प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, आयकर शीर्षकमा राजस्व सरकारलाई राजस्व तिर्छ । विकास निर्माणको काम बढ्दा र बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्ने गर्छ । आर्थिक वर्ष २०७९/८० मा इन्धनको आयातसँगै खपत घटे पनि अन्य वर्षमा भने इन्धनको आयात बढ्दै गएको निगमको तथ्याङ्क छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनबाट सङ्कलन गरिएको राजस्व सरकारको खातामा जाने गरेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend