एजेन्सी। उत्तर प्रदेशको विशेष अदालतले नेपालका दुई नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् ।
उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोस्को) लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।
वकिल पवनकुमार शुक्लाकाअनुसार चार जनाविरुद्ध हरैया प्रहरी चौकीमा सन् २०२२ को जुन २६ मा उजुरी दर्ता भएको थियो । नेपाल र भारतको सीमामा रहेको बजारमा सामान किन्न आएका दुई नाबालिगमाथि चार जना मिलेर सामूहिक बलात्कार गरेका थिए ।
प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend