काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अपिल गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो ।
‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरको फोहोर बाहिर ननिकालौं,’ सूचनामा भनिएको छ ।
फोहोर व्यवस्थापनको सन्दर्भमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरेर फोहोरको उचित तवरले घर कम्पाउण्ड भित्रै व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend