Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध


    शनिबार, असोज ३ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेइजिङ । संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताउनुभएको छ ।

    अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहो¥याइएको छ । चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने प्रवक्ताले बताउनुभयो । सिन्ह्वा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार