काठमाडौँ। श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाउन सफल भएका छन्।
उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराए ।
टस हारेर फिल्डिङको ब्याटिङको निम्तो पाएको यूएईले १२ अोभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको हो । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।
नेपालले बुधबार आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो ।
सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।
जारी उक्त प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको लज्जास्पद हार बेहोर्यो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, अर्जुन साउद (विकेटपिकर), देव खनाल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, पवन सर्राफ, प्रतिश जिसी, गुलशन झा, किशोर महतो र श्याम ढकाल ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend