काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका,लेले भञ्जाङ सौराहामा हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । आज बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच लेले भञ्जाङ सौराहाका स्थानीय राजु तामाङको हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
२६ वर्षीय तामाङ बिहानपाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ। विद्युत प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सनलाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
विद्युत प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सनलाइन व्यवस्थित गर्न तथा रुख कटानका लागि स्थानीयले आग्रह गर्दा व्यवास्था गरेको कारण घटना घटेको स्थानीय यादव महतले बताए।
उनले भने,‘११हजार भोल्टेजको हाइटेन्सनलाइन यो क्षेत्रमा अव्यवस्थित रुपमा छ। बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो। पटक पटक तार चुँडिने लगायतका घटना हुँदै आएको छ।स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले वेवास्ता गर्दै आएको छ।’
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend