Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निगमले माग्यो ३० एयर होस्टेस


    आइतबार, असार ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) पदमा आवेदन आह्वान गरेको छ।

    निगमले विमान परिचारिकाको रिक्त ३० सिटमा उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

    योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

    प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका र २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्। निगमको एयर होस्टेस हुन उचाइ कम्तीमा पाँच फिट दुई इन्च हुनुपर्नेछ।

    यसैगरी निगमबाट तोकिएको युनिफर्म लगाउँदा देखिने ठाउँमा टाटु हुनु हुँदैन। कुनै प्रकारको अशक्तता/अपांगता भएमा पनि निगमले योग्य मान्नेछैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार