काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उनी भन्छन, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।’
नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागको शन्देश शर्माको अडियो मिलेको भन्दै विषय आएको समेत उनले उल्लेख गरे । को सँग मिलेको भने खुलाएनन् ।
‘…अथेन्टिक भनेर पुलिसले विज्ञप्ती जारी गर्यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन ?’ उनको प्रश्न छ ।
शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उनको प्रश्न छ । ‘किनकी त्यहाँ नेताहरुको नाम छ । नेताहरुलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उनले भने ।
मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उनले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend