Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा कोरोना संक्रमणबाट युवकको मृत्यु


    शुक्रबार, असोज २ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ।

    अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनको गएराति १२ः१८ बजे मृत्यु भएको हो। उनलाई भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भउका थिए।

    उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले आईसीयूमा राखेर उपचार भैरहेको थियो। उपचारका क्रममै गएराति मृत्यु भएको डा.लम्सालले बताए। योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। जसमा १७ जना अन्य जिल्लाका छन्। उनीहरुलाई उपचारका लागि चितवन ल्याइएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार