Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु


    बिहिबार, असार २८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । के आई सिंह गाउँपालिका-४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको आज सर्पले टोकेर मृत्यु भएको हो ।

    उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा आज साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको आँगनमा बसेर छोरीसंग फोनमा कुराकानी गरिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार