Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाबाट पारित भयो बजेट


    बिहिबार, असार २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रियसभाबाट पनि पारित भएको छ । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको हो ।

    बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    त्यसअघि विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । बिहीबार नै बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार