काठमाडाैं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । यसदिन कारोबारमा नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले घटेर दुई हजार २० दशमलव ९३ अङ्कमा कायम भएको हो ।
आज विभिन्न दुई सय ९६ कम्पनीका ५७ हजार ६४५ पटक कारोबारमा ९३ लाख ८२ हजार ४४० कित्ता खरिदबिक्री हुँदा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रूपैयाँको कारोबार भएको छ ।
बिहीबार तीन उपसमूहबाहेकका सबै उपसमूह रताम्मे भएका छन् । बैंकिङ ०.३१, होटल तथा पर्यटन ०.१९ र म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा विकास बैंक १.६१, वित्त २, जलविद्युत १.८८, लगानी ०.७६, जीवन बीमा १.१२, उत्पादन ०.६५, माइक्रोफाइनान्स ०.०५, नीर्जीवन १, अन्य ०.८३ र व्यापार १.६७ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक २३ करोड ७५ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको १७ करोड ९२ लाख ९४ हजार, हिमालय लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख ९ हजार, नेपाल टेलिकमको ११ करोड ८४ लाख ४८ हजार र चिलिमे हाइड्रोपावरको ७ करोड ५० लाख ९० हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend