Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • डम्पिङ साइट बनाइएको नार्कः नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिक उत्साहित


    बिहिबार, असार २८ २०८०
    3K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भइरहेको छ ।

    ललितपुरको खुमलटारमा रहेको नार्कमा कृषिका बैज्ञानिक एवं कर्मचारीहरु बसेर काम गर्ने कार्यालय हो । तर कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’ साइट जस्तै देखिन्छ । नार्कको नेतृत्वमा नयाँ नेतृत्व आएपछि सुधारोन्मुख देखिएको छ ।

    करिब अढाई सय भन्दा बढी क्षेत्रफलमा बिभिन्न कार्यालयहरु रहेका छन् । कृषि सम्बन्धी बिभिन्न बिषयगत कार्यालयदेखि लिएर खाद्यान्न उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीन तल्ले भवन छ ।

    सो भवनमा हाकिम पिच्छेका छुट्टाछुट्टै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिम पिच्छेका १५ भन्दा बढी किचेन रुम रहेका छन् ।
    ‘नार्कमा २० भन्दा बढी कृषीका बैज्ञानिकका साथै ७० भन्दा बढी कर्मचारी कार्यरत हुनुहुन्छ । तर हाकिम पिच्छेका ति किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठिक छ तर काम गर्नलाई ठिक छैन’ कोठेपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने ।

    नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कर्मचारीबाट बिभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक बैज्ञानिकको संस्थाको रुपमा रुपान्तरण गर्ने काम तीब्र गतिमा गरिरहेको उनले बताए ।

    ‘तल्लै पिच्छे किचेनै किचेन, प्रत्येकलाई छुट्टाछुट्टै किचेनको आवश्यकता छैन । बसेर गफ गर्ने, खुराफाती गर्ने थलो भएको गुनासो आएपछि मैले सबै हटाउँने निर्णय गरिसकेको छु । अब ति सबै किचेन बन्द हुन्छन्’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यवस्थित खाजा घर, अन्तर्राष्ट्रिय स्तरको बगैचा, एवं पार्किङको काम मेरो प्राथमिकतामा रहेको छ । केही समयमै नार्कमा व्यापक सुधार भएको देख्नुहुन्छ ।’

    भद्रगोल अवस्थामा नार्कका भवन

    नार्कमा कार्यरत बैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरुबाट प्रविधि विकास एवं किसानहरुलाई दिदै आएका सुविधाहरुलाई चुस्तदुरुस्त, गुणस्तरीय, छिटोछरितो हुने गरी व्यवस्थित बनाउँने कार्यमा आफू लागेको भट्टराईले बताए ।

    कार्यालयभित्रै फोहोरै फोहरका साथै पार्किङदेखि अन्य बिभिन्न किसिमका समस्याले कार्यालय अव्यवस्थित रहेको देखिन्छ । कार्यालयलाई कार्यालयजस्तै बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिकहरु उत्साहित देखिन्छन् । भट्टराईको कडा निर्देशन एवं कामको गति देखेर कार्यालयमा सकारात्मक परितर्वनका साथै कार्मचारीहरु जिम्मेवार बन्नेमा बिश्वास लागेको एक कर्मचारीले बताए ।

    नार्कका कृषि अर्थशास्त्रका बैज्ञानिक समय गैरेले अव्यवस्थित रुपमा रहेको कार्यालयलाई व्यवस्थित बनाउने काम तिब्र गतिमा अगाडि बढेको बताए । सरसफाइको नाममा शुन्य, सबैतिर फोहोरै फोहरले काम गर्ने वातावरण नभएको बताउँदै उनले नयाँ कार्यकारी निर्देशक आएपछि सुधारको काम भइरहेको बताए । आउँने दिनमा पनि यही गतिमा काम अघि बढे नार्कले ठुलो उपलब्धि हासिल गर्ने र कृषकहरु लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

    ‘पहिला नियमित बैठक, छलफल हुँदैनथ्यो, अहिले सुरु भएको छ । तल्लो तहदेखि सबै कर्मचारीका आवाज, गुनासो सुन्ने र समाधान गर्ने परिपाटी बनेको छ’ गैरेले भने, ‘कार्यालयमा आउनुपर्ने पत्रपत्रिका कर्मचारीको घरघरमा जान्थ्यो, अहिले त्यो बन्द भएको छ । यो साकारात्मक पक्ष हो, अन्य क्षेत्रमा पनि यस्तै सकारात्मक परिवर्तनको लक्ष्ण देखिन्छ ।’

    नार्कका किट बैज्ञानिक किशोर भण्डारीले कार्यालयको सूचना कार्यालयकै कर्मचारीले नपाउने अवस्था रहेको र कार्यालयलाई नै डम्पिङ साइट जस्तो बनाइएको दुखेसो पोखेका छन् । देश, विदेशबाट आउने अवसर पेन्डिङ गरेर राखिएको बताउँदै उनले पछिल्लो समय सुधारको संकेत आफूले पाएको बताए ।

    ‘पहिला कार्यालयमा आउँने सूचनाहरु हामी नै पाउँदैनथ्यौं । एक महिनायता सुधार भएको देखिन्छ । विदेशबाट आउने अवसर पेन्डिङ गरेर राख्न्थ्यिो’ भण्डारीले भने, अहिले विदेशबाट आउने तालिम, प्रशिक्षण लगायतका अवसर सबैले पाउने गरी व्यवस्थित बनाउने काम भएको छ ।’

    आफू कार्यरत कार्यालय व्यवस्थित नहँुदा जोकोहीलाई काम गर्ने वातावरण नुहने बताउँदै उनले कार्यालयमा सुधारको संकेत देखेर आउने दिनमा सबैका लागि राम्रो हुदै जाने विश्वास व्यक्त गरे ।

    नार्कका योजना महाशाखाका प्रमुख डा. टेकप्रसाद गोतामेले पहिला नियमित स्टाप मिटिङ नहुँदा आ–आफ्नो जिम्मेवारी अनुसारको काम तोकिएको समयमा नगर्ने सिस्टमको अब अन्त्य हँुदै गएको बताउँछन् ।

    ‘हामीले गर्ने गरेको कामको व्यवस्थित रुपमा सूचना पर्वाह नभएकाले सबैको जानकारीका लागि व्यवस्थित गर्ने काम गरिरहेका छौं’ गोतामेले भने, ‘यो हाकिम पिच्छेको कोठे किचेन व्यवस्थाको विरोधी हो म । तर मेरो कुरा यहाँ पहिला नसुनेपछि म यहाँ खानै छोडे । अहिले सुधारको अभियान चलेको छ, अब हुन्छ होला ।’

    नार्कलाई सुधार गर्ने, व्यवस्थित बनाउने, बैज्ञानिक तथा कर्मचारीलाई काम गर्ने वातावरण निर्माण गर्नुका साथै नियमित बैठक, छलफल, एवं अव्यवस्थित किचेन रुम हटाउँने अभियान रोक्न नहुने बताउँदै उनले नार्कलाई उत्कृष्ट कार्यालयको रुपमा बनाइने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार