काठमाडौँ । कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले हिजो बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर पुन: फिर्ता पठाएको हो ।
उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो ।
उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ ।
सलम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूर्ण प्रक्रिया पुरा गरेर जान लागेकाहरूलाई रोकेको बताए ।
‘सम्पूर्ण प्रक्रिया पुरा गरेर जान लागेका थिए । सम्बन्धित देशले सम्बन्धित एयरलायसन्सलाई उडानका लागि ठिक छ भनेर पत्र समेत दिइएको अवस्था छ । यति गर्दा पनि अध्यागमनका केही कर्मचारीहरूले नियोजित रूपमा मान्छे फर्काएका हुन्,’ अध्यक्ष भण्डारीले भने ।
टिकट, भिसा, श्रम स्वीकृति सबै कागजात पेस गर्दा पनि उनीहरूलाई फर्काइएको उनले बताए । अध्यागमन कार्यालयले पछिल्लो समय निकै ज्यादतीपूर्ण कार्य गर्दै आएको उनको भनाइ छ ।
यस्तै यसअघि केही दिन अगाडि जोर्डन जान लागेका १५ जना श्रमिकलाई समेत अध्यागमनले रोकेको थियो । उनीहरूले पेस गरेको वर्किङ भिसा शङ्कास्पद देखिएको भन्दै अध्यागमनले रोक लगाएको थियो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend