Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काजमा बसेका कर्मचारी फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्न निर्देशन दिएको छ । १७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो ।

    आज मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

    ‘कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने’, मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार