काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ । आज मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ ।
बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारीसाधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend