Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


    बुधबार, बैशाख १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ । आज मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

    मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ ।

    बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारीसाधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार