काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उनले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताए । जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर उनले गरे ।
उनले भने, ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने कार्यक्रम ल्याएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ३ दिनमा १७ जना संक्रमित निको भएर घर फर्किसकेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ सय २३ जना रहेको छ । यो खबर आजको समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend