काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्तत: राष्ट्रिय सभा सदस्य बनेका छन् । लामो रस्साकसीपछि बिहीबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।
सोमबारको मन्त्रिपरिषद्काे बैठकले गौतमलाई सांसदमा मनोनयनको लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तर सो निर्णयअनुसार राष्ट्रपतिलाई प्रस्ताव पत्र भनेको पठाइएको थिएन। बिहीबार प्रस्ताव पठाइसँगै राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका हुन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये पूर्व अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएको थियो । रिक्त रहेको पदमा नेकपाले वामदेवलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपा सचिवालयले गरेको निर्णयअनुसार ०७४ सालको प्रतिनिधि सभाको चुनावमा बर्दियाबाट पराजित भएका वामदेव सांसद बन्न सफल भएका हुन् ।
वामदेवको सपथ आजै हुने भएको छ । वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार राष्ट्रिय सभाबाट तयार रहनु भन्दै खबर आइसकेको छ । वामदेवलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ ग्रहण गराउनेछन् । आज ४ बजेका लागि सपथ कार्यक्रम तय भएको बताइएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend