Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मुख्यसचिवलाई राजदूत बनाउँदै सरकार


    बिहिबार, असोज १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । बहालवाला मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारले बेलायतको राजदूत बनाउन लागेको हो । 

    अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकले बेलायत लगायतको देशहरुमा राजदूत नियुक्त गर्न लागेको स्रोतले नेपाल फेसलाई जानकारी दिएको छ । 

    यस्तैगरी बैठकले जापानका लागि खड्ग केसीलाई राजदूत बनाउन लागेको छ । केसी त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय विभागका प्रमुख हुन् । यस्तै युवराज कार्की लगायतलाई पनि राजदूत बनाउने तयारी रहेको स्रोतले दावी गरेको छ ।

    बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषणका बारेमा पनि सिफारिस गर्ने भएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार