काठमाडौं । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।
ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि होइन, झोलाका प्रयोगशाला बोकेर घरघरमा जाने स्वास्थ्यकर्मीले घरमै विभिन्न स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिन्छन्। ‘मर्निङवाक गरिएकै छ, खानपिनमा पनि सजगता अपनाइएकै छ, तैपनि नियमित स्वास्थ्य परीक्षण गर्न पाए ढुक्क हुने थियो’ भन्ने स्वास्थ्यप्रति सचेत मानिसलाई गाउँपालिकाको यो झोले सेवा ज्यादै उपयोगी भएको छ।
त्यति मात्र पनि होइन कालीगण्डकी गाउँपालिकाको यो कार्यले छ वर्षअघिको राजनीतिक अवस्थालाई पनि सम्झाएको छ। २०७२ मा संविधान सभामार्फत जनता आफैँले बनाएको संविधान अनुसार तीन तहका सरकारको व्यवस्था भएको सङ्घीय प्रणालीमा भएको २०७४ सालको स्थानीय तहको निर्वाचनपछि सिंहदरबार गाउँगाउँ पुग्यो भन्ने चर्चा भएको थियो।
त्यसअघि स्थानीय निर्वाचन त भएका थिए तर सङ्घीय शासन व्यवस्था अनुसार तीन तहका सरकारमध्ये सरकारकै रूपमा जनताले प्रत्यक्ष निर्वाचन गरेकाले सिंहदरबार गाउँगाउँ पुगेको भाष्य निर्माण गरेको थियो तर स्थानीय तहका कतिपय नेतृत्वले पनि डोजरको व्यापार गर्ने र दर्शनटुप्पो (भ्यु टावर) जस्तो अनुत्पादक र जनतालाई प्रत्यक्ष रूपमा नछुने काम गर्दा गाउँको सिंहदरबार पनि आलोचित हुन पुगेको थियो।
तिनै डोजरलगायतका कतिपय विकृति अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दा र अदालतबाट भएका फैसलाले उजागर गर्न थालेको छ। यस्तैमा एक वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कालीगण्डकी गाउँपालिकाको सिंहदरबारले दोस्रो कार्यकालमा स्वास्थ्य प्राविधिकलाई घरदैलोमा खटाएर जनतालाई स्वास्थ्य सेवा दिने कार्यमा संलग्न गराएको हो।
स्थानीयको घरमै पुगेर इसिजी, पल्स रेट, श्वासप्रश्वास दर, अक्सिजन सेचुरेसन, सुगरको मात्रा, युरिया क्रेटिनाइन, केट्रोन बडिज, बडिमास इन्डेक्सलगायतका २७ प्रकारका परीक्षण गरी तत्काल नतिजा हातमै उपलब्ध गराउने गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend