काठमाडौं । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ल्याएका दुई वटा झोला अहिले गाउँलेका लागि अमूल्य उपहार बनेका छन्।
ती झोला सामान्य छैनन्। झोलामै स्वास्थ्य प्रयोगशाला छ। त्यति मात्र पनि होइन, झोलाका प्रयोगशाला बोकेर घरघरमा जाने स्वास्थ्यकर्मीले घरमै विभिन्न स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिन्छन्। ‘मर्निङवाक गरिएकै छ, खानपिनमा पनि सजगता अपनाइएकै छ, तैपनि नियमित स्वास्थ्य परीक्षण गर्न पाए ढुक्क हुने थियो’ भन्ने स्वास्थ्यप्रति सचेत मानिसलाई गाउँपालिकाको यो झोले सेवा ज्यादै उपयोगी भएको छ।
त्यति मात्र पनि होइन कालीगण्डकी गाउँपालिकाको यो कार्यले छ वर्षअघिको राजनीतिक अवस्थालाई पनि सम्झाएको छ। २०७२ मा संविधान सभामार्फत जनता आफैँले बनाएको संविधान अनुसार तीन तहका सरकारको व्यवस्था भएको सङ्घीय प्रणालीमा भएको २०७४ सालको स्थानीय तहको निर्वाचनपछि सिंहदरबार गाउँगाउँ पुग्यो भन्ने चर्चा भएको थियो।
त्यसअघि स्थानीय निर्वाचन त भएका थिए तर सङ्घीय शासन व्यवस्था अनुसार तीन तहका सरकारमध्ये सरकारकै रूपमा जनताले प्रत्यक्ष निर्वाचन गरेकाले सिंहदरबार गाउँगाउँ पुगेको भाष्य निर्माण गरेको थियो तर स्थानीय तहका कतिपय नेतृत्वले पनि डोजरको व्यापार गर्ने र दर्शनटुप्पो (भ्यु टावर) जस्तो अनुत्पादक र जनतालाई प्रत्यक्ष रूपमा नछुने काम गर्दा गाउँको सिंहदरबार पनि आलोचित हुन पुगेको थियो।
तिनै डोजरलगायतका कतिपय विकृति अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दा र अदालतबाट भएका फैसलाले उजागर गर्न थालेको छ। यस्तैमा एक वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कालीगण्डकी गाउँपालिकाको सिंहदरबारले दोस्रो कार्यकालमा स्वास्थ्य प्राविधिकलाई घरदैलोमा खटाएर जनतालाई स्वास्थ्य सेवा दिने कार्यमा संलग्न गराएको हो।
स्थानीयको घरमै पुगेर इसिजी, पल्स रेट, श्वासप्रश्वास दर, अक्सिजन सेचुरेसन, सुगरको मात्रा, युरिया क्रेटिनाइन, केट्रोन बडिज, बडिमास इन्डेक्सलगायतका २७ प्रकारका परीक्षण गरी तत्काल नतिजा हातमै उपलब्ध गराउने गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend