काठमाडौं । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्।
सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन्।
यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्मचारीको कार्यालयमा अनुपस्थितिको कारण सम्बन्धित निकायसँग माग गरी कारबाही अगाडि बढाउने केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए।
केन्द्रले सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने गर्छ। त्यस्तै सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने कामा पनि केन्द्रले गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने दायित्व पनि केन्द्रको हो तर यो दायित्वमा भने केन्द्र खरोरूपमा उत्रन सकेको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend