Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिनु नपर्ने सत्तारुढ दलको निष्कर्ष


    बिहिबार, असार २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुनपर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ।

    आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएको बारे छलफल भएको थियो ।

    उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

    उनका अनुसार बैठकले मिटरब्याज पीडितहरुलाई न्याय दिने अध्यादेश निष्क्रिय बनाउन षड्यन्त्र रचिएको समेत निष्कर्ष निकालेको छ ।

    भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।

    त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन्। विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार