काठमाडौं। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादी शक्तिहरु अब एकै ठाउँमा आउने बताएका छन्। दाहालले ढिलो चाँडो माओबादी शक्तिहरु एकै ठाउँमा आउने बताएका हुन्।
दाहालले भने, ‘युद्धबाट शान्तितिर आयौं हामी। हामी निकै बलियो भएर प्रस्तुत भयौं। माओबादी आन्दोलन बन्दुक देखाएर तर्साउने मात्रै भनेर अपमानित गर्न खोज्ने प्रवृत्ति थियो। हामीलाई जनताको भरोसा थियो। शान्तिपूर्ण प्रतिस्पर्धाबाट हामी देशको ठूलो पार्टी बन्यौं।’
माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको उनले बताए। ‘ हेर्दै जानुहोला माओबादी शक्तिहरु अब एकै ठाउँमा आउँछन्। हिजो लडाइँको बेला हामीलाई सखाप पार्ने रणनीति बनाइएको थियो। हामीले घेरा तोड्दै गयौं ’, उनले भने।
राज्यको बागडोर हाम्रै भागमा घुमिफिरी आइपुगेको बताउँदै दाहालले भने, ‘यो त्यत्तिकै आएको होइन। इतिहासको बलमा हामी यहाँ छौं। यो अरुलाई पचेको छैन । भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा छु। यो प्रतिकृयावादीलाई मन परेको छैन। ३२ सिट भएको पार्टीले कुशासनविरुद्ध अभियान चलाएको उनीहरुलाई मन परेको छैन।’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend