काठमाडौँ। स्थानीय बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेसँगै बजारमा मासुको मूल्य बढेको हो ।
अघिल्लो महिनासम्म ४ सय रूपैयाँमा उपलब्ध ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको काठमाडौास्थित बल्खुका एक उपभोक्ताले बताएका छन् ।
‘अघिल्लो महिना प्रतिकिलो ३ सय ९० रुपैयाँमा ब्रोइलरको मासु किनेको थिएँ ।’ नरेश भट्टले भने, ‘बजारमा अहिले त कुखुराको तयारी मासुको मूल्य बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको रहेछ ।’
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार फागुन, चैत र बैशाखमा कुखुराको कोल्ड स्टोर मूल्य बढेको थियो । तर जेठको पहिलो सातामा भने प्रतिकिलो १० रुपैयाँले घटेको थियो ।
त्यतिवेला मासुको मूल्य घटेर २ सय ९० रुपैयाँ पुगेको थियो । तर असार पहिलो सातामा कुखुराको कोल्ड स्टोर मूल्य पुनः बढेर ३ सय रुपैयाँ पुग्यो र त्यसपछि पुनः असार दोस्रो सातामा किलोमा १० रुपैयाँले बढेर ३ सय १० रुपैयाँ कायम भएको थियो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend