एजेन्सी। बलिउड अभिनेता सनी देवल र बलिउड अभिनेत्री अमिषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ साउन ११ बाट प्रदर्शनमा आउने भएको छ । हिट फिल्म ‘गदर’ को सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शकहरु निकै उत्साहित छन्।
यसैबीच, गदरको सिक्वेलमा अभिनेता नाना पाटेकरको इन्ट्री भएको खबर बाहिरिएको छ। भारतीय समीक्षक तरण आदर्शले गदर २ मा नाना पाटेकर भित्रिएकोबारे जानकारी दिएका हुन्।
तरणले ट्विटरमा पाटेकरको डबिङ गरिरहेको एक फोटो सेयर गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘नाना पाटेकरले गदर २ मा लागि आवाज दिएका छन्। नानाको भ्वाइस ओभरले दर्शकलाई फिल्मको सुरुमै गदर २ सँग परिचित गराउनेछन्।’
यसअघि सन् २००१ मा रिलिज भएको ‘गदर’ मा ओम पुरीले आफ्नो आवाज दिएका थिए। उनको सट्टा सिक्वेलमा पाटेकरको आवाज समावेश गरिएको छ।
अनिल शर्माको निर्देशन रहेको यस फिल्मको हालै टिजर सार्वजनिक गरिएको थियो।

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend