रौतहट। मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत अवस्थामा फेला परेका छन्।
२४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेकी रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
उक्त घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या एकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए।
मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका छन्। माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना बारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताए।
छोरी र ज्वाइँबीच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको बिजयले बताए। ज्वाइँ धिरेन्द्र साह र सम्धीसहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबा विजयले आरोप लगाएका छन्।
दाइजोमा थप नगद सिक्री औंठी नदिएको रिसमा घटना भएको माइती पक्षको आरोप छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend