रौतहट। मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत अवस्थामा फेला परेका छन्।
२४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेकी रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
उक्त घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या एकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए।
मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका छन्। माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना बारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताए।
छोरी र ज्वाइँबीच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको बिजयले बताए। ज्वाइँ धिरेन्द्र साह र सम्धीसहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबा विजयले आरोप लगाएका छन्।
दाइजोमा थप नगद सिक्री औंठी नदिएको रिसमा घटना भएको माइती पक्षको आरोप छ।
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend