Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माल्टा पठाइदिन्छु भन्‍दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, असार १५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार