काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ तर आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याज लिएर कारबाही हुने सर्कुलरमा उल्लेख छ ।वित्तीय सचेतनाका लागि भन्दै राष्ट्र बैङ्कले यस्तो सूचना जारी गरेको हो ।
दुई करोड रुपियाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, हस्तकलालगायत व्यवसाय सञ्चालनका लागि आधार दरमा दुई प्रतिशत मात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था भएको राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कले गत वर्ष २०७९ साउन १८ गते निर्देशन नै जारी गरी सो व्यवस्था कायम गरेको थियो ।
सोही निर्देशनविपरीत कसैले पनि बढी ब्याज लिएको पाइएको खण्डमा राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि भनेको छ ।आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर कायम गरेर कर्जा लिएको राष्ट्र बैङ्कलाई खबर गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend