काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा बनाउँदा भित्तामा नाक ठोक्किएजस्तो भएर फेरि एमालेमै फर्किनुपरेको बताएका छन् । आज एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ। नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’
जनताको बहुदलीय जनवाद (जवज) को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend