एजेन्सी । फ्रान्समा प्रहरीको गोली लागेर एक मृत्यु भएपछि देशभर प्रदर्शन हुन थालेको छ । केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ ।
गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताउनुभएको बीबीसीले जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा मङ्गलबार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएकाे थियो । प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो ।
युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend