विराटनगर । अल्पमतमा परेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन्।
उनले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन् ।
आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
यस्तै कोसीमा सत्तारुढ एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना सांसद (प्रदेशसभा सदस्य) छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीले विश्वासको मत पाउन थप १ सांसदको साथ आवश्यक परेको छ।
विपक्षी दलहरुमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखबाहेक)सँग १२, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जसपासँग १ जना सांसद छन्। नेपाली, माओवादी, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको पनि बहुमत पुग्दैन। गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद छन्।

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend