Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विधानको अन्तिम मस्यौदा बनाउन जसपाले बनायो समिति


    मंगलबार, असार १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान अधिवेशनमा आएका सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ । तीन दिनसम्म चलेको अधिवेशनले उक्त समिति गठन गरेको हो ।

    विधानमा ७० वर्षे उमेर हदको बारेमा पनि कतिपयलाई चित्त बुझेन भने कतिपयले त्यसलाई स्वागत गरेका छन् । यी सब विषयवस्तुलाई सुझावको रुपमा लिइएको छ ।

    अधिवेशनमा उठेका विषयवस्तुलाई विधानमा समावेश गर्ने, नगर्ने विषयमा छलफलका लागि ६ सदस्यीय समिति बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको सो समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता दीपेन्द्र झा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार