Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व निर्वाचन आयुक्त सुधीर शाह पक्राउ


    मंगलबार, असार १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व निर्वाचन आयुक्त सुधीर शाह पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

    शाहलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले पुष्टि गरिन्।

    शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो।

    शाहले  श्रीमती उर्मिलाको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    २०४९ मा किनेको जग्गा २०६१ मा रामकुमार सुवेदी परिवारलाई बेचेको उर्मिलाले अख्तियारमा दिएको बयानमा उल्लेख छ। जग्गा किन्दा सुधीर शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए। उनी सहसचिवबाट अवकाश पाएपछि निर्वाचन आयोगमा नियुक्त भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार